लुम्बिनीकै पहिलो गाउँपालिका महिला प्रमुख बनिन् ‘चिदीमगर’
पाल्पा | जेठ ४, २०७९
पाल्पा: नेपाल कम्युनिष्ट पार्टी एमालेबाट पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुखमा निर्वाचित हुदै सरस्वती चिदी दर्लामीमगर लुम्बिनी प्रदेशकै पहिलो गाउँपालिका महिला प्रमुख बनेकी छिन् । निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिता अधिकारीलाई ८ सय ३३ मतान्तरले पराजित गर्दै चिदीमगर गाउँपालिका प्रमुख बनेकी हुन् ।
उनले कुल ६ हजार ४ सय ६६ मत प्राप्त गरिन् । भने निकटतम प्रतिद्वन्दी अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् ।
यसैगरि गाउँपालिका उपप्रमुखमा सोही पार्टीकै हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गर्दै विजयी भए । पाठकका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) लाई १ हजार ९५ मतान्तरले हराए ।
पराजित बनेका पाण्डेयले कुल ४ हजार ७ सय ७८ मत पाएका थिए ।
उक्त गाउँपालिकाको ९ वडा मध्ये वडा नम्बर २, ३, ४, ५, ७ र ८ मा नेकपा एमालेका उम्मेदजार निर्वाचित भएका छन् भने १, ६, र ९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । लुम्बिनी प्रदेशकै गाउँपालिकाहरु मध्ये पहिलो महिला प्रमुख बनेकी चिदीमगर २०७४ साल भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

